विराटनगर – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ८३ वर्षीय बृद्ध र मोरङका ५६ वर्षीया महिला रहेका छन्।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बेलबारी – ५ मोरङ घर भएकी महिलाकाे शुक्रबार बिहान मृत्यु भएको हो। उनमा गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरस्थित कोशी अस्पतालबाट भदौ ९ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएकी महिलाको मृत्यु भएको हो ।
कोभिड संक्रमण पुष्टि भएसँगै उपचारका लागि भर्ना गरिएकी महिलाको शुक्रबार विहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए।
प्रवक्ता सापकोटाका अनुसार कोशीबाट रिफर गर्ने क्रममा बिरामीमा अत्यधिक खोकी, स्वासप्रस्वासमा समस्या, ज्वरो देखिएको थियो।
त्यसैगरि, झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij