२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

महानगरीय प्रहरी वृतमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण

महानगरीय प्रहरी वृतमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई कोरोना पोजेटिभ देखिएपछि शेर्पाको निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij