
काठमाडौं । नेपालमा थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । बुटवल र पोखरामा एक एक जना गरी दुई जना संक्रमितको ज्यान गएको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममा मृत्यु भएको कोराना विशेष अस्पतालका फोकल पर्सन डा। सुर्दशन थापाले बताए । भदौ ५ गते संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या रहेका थिए ।
त्यसै गरी भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत पोखरा ११ की ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती महिलामा कुनै पनि स्वास्थ्य समस्या नरहेको पनि अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij