२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोरोना संक्रमित थप तीनको मृत्यु

कोरोना संक्रमित थप तीनको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट थप दुई पुरुष र एक महिलाको ज्यान गएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षका एक पुरुषको गएराति ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनले साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।

त्यसै गरी विराटनगरमा एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासनले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको ज्यान गएको छ । भदौ ८ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij