२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौं उपत्यकामा २ सय ३२ जनासहित थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २ सय ३२ जनासहित थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ३ सय २७ पीसीआर परीक्षणमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यसै गरी आज काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।

हाल सम्म काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १ सय ६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij