
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौं १३ गते शनिबार बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफलपछि सचिवालय बैठक आउँदो शनिबार बोलाउने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठक आगामी शनिबार ११ बजे बस्ने सहमति भएको छ । सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललेबुझाएको प्रतिवेदनको बारेका छलफल हुनेछ ।
पार्टीका दुई अध्यक्षबीचकाे दुई घण्टा लामाे छलफल सकिएकाे छ।
भदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति ।
एजेन्डा – कार्यदलले बुझाएकाे प्रतिवेदन रहेकाे छ ।— Surya Thapa (@ThapajiSurya) August 25, 2020
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij