
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।
हालसम्म काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij