
काठमाडौं। आइतबार थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ ।
त्यसै गरी आज काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६ भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा २ सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ। कुल संक्रमितमध्ये १५० जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij