२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

३८ देशमा रहेका ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना संक्रमण, ९३ प्रतिशत संक्रमण मुक्त

३८ देशमा रहेका ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना संक्रमण, ९३ प्रतिशत संक्रमण मुक्त

काठमाडौं । संसारका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संसारका ३८ देशमा कार्यरत ३४ हजार ३ सय १ जना नेपालीमा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

संघका अनुसार संक्रमितमध्ये ९३।५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना नेपाली शनिबार साँझसम्म कोरोना मुक्त भएको जनाएको छ ।

यो साता विदेशमा १ जनाले मात्र ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्बर्गमा १ जनाको निधन भएको हो ।गएको साता लग्जम्वर्गमा १ नेपालीको कोरोनाको कारण ज्यान गएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ देशमा १ सय ९२ जना नेपालीहरुको निधन भएको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान छ । स्वास्थ्य समितिका अनुसार फेरि गएको साता विभिन्न देशमा कार्यरत नेपालीमा कोरोना संक्रमण बढ्दो छ ।

गएको साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा रहेका नेपालीमा सामान्य रुपमा संक्रमण दर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij