
काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंका कार्यारत २ जना डाक्टरसहित ८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना महामारी बढेसँगै अस्पतालका ८९ जना कर्मचारीको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा ८ जनामा सङक्रमण देखिएको अस्पतालले जनाएको छ ।
सङक्रमितहरु सबैलाई अहिले आइसोलेशनमा राखिएको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij