
काेराेना परीक्षणकाे लागि स्वाब दिइसकेपछि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाे छ । समुदायमा थप संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्ताे निर्णय गरेकाे हाे ।
काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाे अवस्थामा विरामीकाे सम्पर्कमा आएका सबैले तुरुन्तै पिसीआर पिसिआर परीक्षण गराउन समेत मन्त्रालयले आग्रह गरेकाे छ ।
नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । ३१ हजार ११७ जनामा सङ्क्रमण संक्रमण पुष्टि भएकाे छ भने १८ हजार ३५० जनामा सङ्क्रमण निको भइसकेकाे छ । यसैगरी हाल सम्म १ सय ४६ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ ।
प्राइमरी कन्ट्याक्टमा रहेकाहरुले तुरुन्तै काेराेना परीक्षण गराउँदा नेगेटिभ देखिन सक्ने भएकाेले पाँचदेखि सात दिन कुरेर मात्र परीक्षण गर्न समेत मन्त्रालयले आग्रह गरेकाे छ ।
हाल काठमाडाैं उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ ।
कहाँ-कहाँ छन् स्वाव संकलन केन्द्र
हाल त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताल लगायतका १४ अस्पतालबाट स्वाव संकलन गराइ परीक्षण गराउन सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij