
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ।
काठमाडौंमा २ हजार ४५३, ललितपुरको ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij