
सेतोघर सम्बाददाता, रुपन्देही । रुपन्देही जिल्लाको भ्मि अस्पतालमा नियम विपरित काम गरेका मेडिकल सुपरिटेण्डेण्ट नबिन दर्नालको सरुवा भएको छ ।
नियम विपरीत भीम अस्पताल भैरहवाका मे.सु. डा. नविन दर्नालले चौथो तहका करार सम्झौताका व्यक्तिलाई सुचना अधिकारी नियुक्ति गरेका थिए ।
आफ्नो अख्तियारी दूरुपयोग गरेको,भिम अस्पतालमा कार्यरत चिकित्सकहरु लाई करारका अहेवले थर्काएको हप्काएको समाचार २०७७ श्रावण २३ गते सेतोघर डट कम प्रकाशित भएको थियो । विहीबार मे.सु. डा. नविन दर्नालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरुवा भएको भिम अस्पतालले जानकारी दिएको छ ।
सेतोघरको समाचार प्रकाशन पश्चात भिम अस्पतालका चिकित्सकहरुको विरुद्धमा मे.सु.दर्नालले अनावश्यक रुपमा चिकित्सकहरुको मनोबल घटाउने गरि मिडियावाजी गरको पिडित चिकित्सकहरुको गुनासो छ ।
सेतोघरमा समाचार प्रकाशन भएपछि २०७७ श्रावण २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय बुटवलले छापा मारी आवश्यक फाईल आफ्नो नियन्त्रणमा लिई अनुसन्धान समेत सुरुगरेको छ ।
भिम अस्पतालमा डा. नविन दर्नालको ठाउँमा अव डा.सकुन्तला गुप्ताले मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी सम्हाल्ने स्रोतले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij