
काठमाडौँ – सरकारले अनलाइनबाट विद्यालय तहको शैक्षिक सिकाइलाई औपचारिक मान्यता दिने भएकाे छ ।
सिङ्गाे शैक्षिक सत्र खेर जाने अवस्था देखिएसँगै सरकार यस्ताे साेचाइमा पुगेकाे हाे ।
हाल सम्म सरकारले वैकल्पिक सिकाइका रुपमा रहेकाे अनलाइन शिक्षालाई मान्यता दिएकाे छैन । जसले गर्दा अनलाइन कक्षाकाे अन्याैलता बाँकी छ । जसले गर्दा अनलाइन कक्षा प्रभावकारी समेत बन्न सकेकाे छैन ।
सरकारका प्रवक्ता युवराज खतिवडाले अनलाइन कक्षालाइ औपचारिकता दिने बारे छलफल भएकाे र यसकाे आधिकारिक घाेषणा हुन भने बाँकी रहेकाे बताएका छन् ।
उनले अनलाइन शिक्षा प्रभावकारी बनाउन नेपालमा इन्टरनेटको पहुँच नभएको र आवश्यक सामाग्रीहरु समेत उपलब्ध नभएकाे कारण यसबारे आधिकारिक घाेषणा गरिएकाे छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij