
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्।
नेपालमा हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij