
काठमाडौं । रौतहटमा गोली हानेर एक जना पुजारीको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले साहको टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij