काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर उनको स्थानमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै काउन्सिल कार्यविधि विपरीत मन्त्रिपरिषदले हस्तक्षेप गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । यसबारे बुधबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनले काउन्सिलको स्वतन्त्रता र स्वायत्ततामाथि असर पर्ने देखिएको हुँदा कार्यवाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
श्रेष्ठलाई साविक वमोजिम काम गर्न दिनबाट नरोक्न भनी नियमावली २०७४ को नियम ४९ वमोजिम अन्तरिम आदेश जारी भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij