
काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका मध्य ६ जनाको शव फेला परेको छ भने १७ जना बेपत्ता रहेका छन् ।
कैलाश खोलाले सैनबजार क्षेत्रमा रहेका करिब १६ घर बगाएको हो । अहिले सैनबजार क्षेत्र बगरमा परिणत भएको छ।
बाढीमा बेपत्ता भएका १७ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij