
काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाल आर्मीले सलामी दिने भएको छ। अन्य व्यवस्थापनमा समेत आर्मीले सहयोग गर्नेछ ।
घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन्। नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो।
राष्ट्रकवि घिमिरेको एक सय १ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij