२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विनायक सिद्ध कलेजले ‘एसइइ तिज डान्स अनलाइन कम्पिटिसन’ आयोजना गर्दै

विनायक सिद्ध कलेजले ‘एसइइ तिज डान्स अनलाइन कम्पिटिसन’ आयोजना गर्दै

काठमाडाैं । शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट सञ्चालित कलेज हो विनायक सिद्ध कलेज ।

काठमाडौंको चावहिल चोक नजिकै सञ्चालनमा रहेको यस कलेजले जुम मार्फत ‘एसइइ तीज डान्स अनलाइन कम्पिटिसन–२०७७’ आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रममा देशभरबाट एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।

कार्यक्रमका विजेताहरुलाई कलेजले विशेष अफर समेत प्रदान गर्नेछ ।

उक्त अनलाइन कन्पिटिसनमा सहभागि भई प्रथम हुने व्यक्तिले सो कलेजमा अध्ययनको लागि कक्षा ११ मा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसैगरी द्वीतिय हुने व्यक्तिले ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् भने तृतीय स्थान हासिल गर्ने व्यक्तिले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका प्रिन्सिपल विष्णु पराजुलीले जानकारी गराउनुभयो ।

यसैगरी विजेताहरुले प्रथम, द्वीतिय र तृतीयले क्रमशः ५०००, ३००० र २००० नगद प्राप्त गर्नुको अलावा प्रमाणपत्र समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनको लागि अनलाइनबाट नाम रजिष्टेसन गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij