काठमाडौं-शंकरापुर नगपालिकाकाे साँखुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ।
संक्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमिलकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ।
उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेकाे छ ।
यसैगरी शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीव्र रुपमा बढेकाे देखिन्छ ।
सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको छ ।
यसै साता नगरपालिकाले स्थानीय २६२ जनाको पीसीआर परीक्षण गरेको थियाे ।
नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ।
नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij