काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका काभ्रेमा एक जना वृद्धको परिवारका ९ जनामा काेराेना पुष्टि भएकाे छ । उनकाे परिवारका सबै सदस्यमा काेराेना पुष्टि भएसँगै सबैजना हाेम क्वारेन्टाइनमा छन् ।
९८ वर्षीय ती वृद्धको उपचारकाे क्रममा हिजाे धुलिखेल अस्पतालमा मृत्यु भएको थियाे ।
उनी काठमाडाैंकाे नयाँ बानेश्वर बस्दै आएका थिए । पिसाब बन्द भएर अस्पताल गएका उनकाे परीक्षणकाे क्रममा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
परिवारका अन्य सदस्यहरुकाे समेत परीक्षण गर्दा घरमा काम गर्ने एकजना बाहेक अन्य सबैमा काेराेना पुष्टि भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij