
काठमाडौं । सरकारले विदेशबाट हुने पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान स्थगित गरिएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएका छन्।
अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु गर्ने गरी तत्कालका लागि उडान रोक्ने निर्णय भएको केन्द्रले उल्लेख गरेको छ ।
सोहीअनुसार यसअघि तय भएका सबै उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजोदेखि पाँचौँ चरणको उद्धार उडान तय गरिएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij