२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमणबाट ललितपुरमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरमा एक पुरुषको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको निधन भएको छ । उनको आइतबार साँझ मृत्यु भएको हो ।

काठमाडौं निवासी उनी साउन २० गते पाटन अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्चरक्तचाप र मृगौला सम्बन्धी समस्या पनि रहेको थियो ।

गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका ३२ वर्षीय एक युवक र जनकपुरमा गत शुक्रबार मृत्यु भएका ४३ बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij