२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आजबाट पाँचौं चरणको हवाइ उद्धार सुरु

आजबाट पाँचौं चरणको हवाइ उद्धार सुरु


काठमाडौं ।कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन अपेक्षा गरिएको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई पनि अनुमति दिइएको छ ।

यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरले पनि उडान भर्नेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ ।

सरकारले यसअघि ३ सय २३ वटा चार्टर उद्धार उडानबाट ५० हजार ६ सय ६२ जना नेपालीलाई स्वदेश फर्काइसकेको छ । अझै लाखौं नेपाली फर्किने प्रतीक्षामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij