
काठमाडौँ – नेपालमा पहिलाे पटक एनआईसी एशिया बैंकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी Cyber source Inc.को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।
अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी VISA को प्रमुख लगानी रहेको यस Cyber source Inc.को गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो ।
अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।
यस सुविधाले अनलाइन प्लेटफर्ममा आधारित E-commerce, Travel and Tours हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एड्भेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा विशेष सहयाेग पुर्याउनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij