
ललितपुर – पाटन अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. रवी शाक्य नियुक्त भएका छन्।
आइतबार बसेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले डा. शाक्यलाई निर्देशकमा नियुक्त गरेको हो।
यसअघिका अस्पताल निर्देशक प्रा. डा. विष्णुप्रसाद शर्मा थिए।
उनको कार्यकाल गत शुक्रबार सकिएको थियो। अबको चार वर्ष डा. शाक्य पाटन अस्पतालको निर्देशक रहने छन् ।
नवनियुक्त कार्यकारी निर्देशक डा शाक्य मानसिक रोग विशेषज्ञ हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij