
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का दुई जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओलम्पिक कमिटीको भवन कम्तीमा दुई हप्ताको लागि बन्द गरिएको छ ।
गत बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी तथा कर्मचारीहरुको पीसीआर परीक्षणमा गरेको थियो । परीक्षणका क्रममा एनओसीका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij