
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३९ जना मध्ये १९ जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिएका मध्य शनिबार १८ जना र आइतबार बिहान थप एक जना गरी १९ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जानकारी दिए ।
अहिले पनि नेपाली सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी गरिरहेका छन् । पहिरोमा घरबार बिहीन भएका पीडितहरुलाई स्वास्थ्यका हेल्थ डेस्क स्थापना गर्ने र खानेपानीको व्यवस्था गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
त्यसै गरी विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको छ।
बैठकले दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने समेत निर्णयगरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij