२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पशुपती अन्नपुर्णा आश्रमको पर्सा जिल्ला धार्मिक समिति अध्यक्षमा मनोज कुमार गिरी

पशुपती अन्नपुर्णा आश्रमको पर्सा जिल्ला धार्मिक समिति अध्यक्षमा मनोज कुमार गिरी

  वीरगन्ज / पशुपति अन्नपूर्ण आश्रम केन्द्रीय समितिले पर्सा जिल्लामा धार्मिक समिति अध्यक्ष घोषणा गरेको छ ।

शनिबार वीरगन्ज महानगरपालिका वडा नम्वर २२ स्थित श्री शिवपार्वती एवं बैधिमाई कालीमाई मन्दिर संरक्षण सेवा समितिको आयोजनामा आयोजित धार्मिक विशेष एक कार्यक्रमका बीच धार्मिक जिल्ला अध्यक्ष घोषणा गरिएको हो ।

उक्त कार्यक्रमबाट मनोज कुमार गिरी जिल्ला धार्मिक अध्यक्षमा घोषणा भएका हुन् ।

वीरगंज महानगरपालिका वडा न २२ का अध्यक्ष मोहम्मद ग्यासुद्धिन मियाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा गिरीलाई अध्यक्ष र ज्ञान चन शाहलाई सदस्यमा चयन गरिएको छ ।

उक्त २२ नम्बर वडाको नेतृत्व एक मुसलमान व्यक्तिले गरेको भएतापनि हिन्दुहरुको संस्थाको जिल्ला समिति नै निर्माण गर्न सक्रियता देखाएपछि त्यहाँका वडाध्यक्ष मोहम्मद ग्यासुद्धिन मियाको धेरैले प्रशंसा गरेका छन् ।

उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मियाले सबैले मानवता प्रति पहिलो सोच राखेमा धार्मिक द्वेष आफैं हटेर सभ्य समाज निर्माण गर्न सकिने बताए ।

मानवता भित्रको कर्तव्य बोधले मानिसमा भाईचाराको सम्बन्ध स्थापित गराउने भएकोले सबैको जोड यसैमा हुनु पर्ने उनको भनाई रहेको थियो ।

आश्रमका केन्दीय अध्यक्ष कुल बहादुर पाण्डे (केबि सम्राट)ले काठमाडौंबाटै भिडियो कन्फ्रेन्स गरेर जिल्ला अध्यक्षलाई शुभकामना दिनुभयो ।

साथै अध्यक्ष पाण्डेले मुसलमान व्यक्तिको नेतृत्वबाट यस्तो कार्य गर्न पाउँदा धार्मिक भाईचाराको सन्देश दिन सकिएकोमा हर्षित भएको बताउँदै बिरगंज २२ वडाध्यक्ष मोहम्मद ग्यासुद्धिन मियालाई धन्यवाद समेत दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij