२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आजकाे माैसमः देशभर बदलि हुने, सामान्य बर्षा

आजकाे माैसमः देशभर बदलि हुने, सामान्य बर्षा

काठमाडौँ – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि केही निष्क्रिय रहेको छ। तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको मौसमविद्ले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि समान्य बदली रहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि समान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij