
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४७ जनामा भएको परिक्षणमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ पुगेको छ। त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएर घर गएका छन् । हाल सम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ जना रहेको छ ।
नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij