२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको प्रारम्भ

झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको प्रारम्भ

काठमाण्डौ क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिका वडा नं-१५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोडिने कार्य प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो।
उक्त कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगाेल, सचिब राकेशमान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।
बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६/७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७/- र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१/- योगदान भएको छ।
यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२/११ भएकोमा यो आ व २०७६/७७ मा बिनियोजित रकम मा नपुग रकम क्रमागत योजनामा आ व २०७७ /७८ को बजेट बाट बिनियोजन गरी पुरा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij