काठमाडौँ – टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या गर्ने दाेलखाका आङदोर्जे शेर्पा पक्राउ परेका छन् ।
शेर्पाले गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा हिजाे साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या गरेका थिए ।
हत्यारा शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएकोहाे ।
तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुने क्रममा चक्कु प्रहार गर्दा तामाङको मृत्यु भएको थियो। तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij