काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।
साउन २४ गते उपचारका लागि ती पुरुष कोरोना अस्पताल भर्ना भएका थिए । उनि उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको थियो ।
पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नेपालमा सय जनाको ज्यान गएको छ । नेपालमा हालसम्म २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij