काठमाडौं । न्यूरोडका एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएको छ ।
व्यापारीमा संक्रमण देखिएपछि वडा कार्यालयको अनुरोधमा न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।
वडा नं। २४ कार्यालयले एक सूचना जारी गर्दै आजदेखि भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij