काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५ नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २ सय ४०जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।
नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij