२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिवि शिक्षण अस्पतालमा थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पतालमा थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत छ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका थप स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। यसअघि बुधबार मात्र इमरजेन्सीका ४ जना नर्सिङ स्टाफ र दुई जना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएको थियो।

संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij