२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमित भगाएको भन्दै जगदम्बा स्टिलमा शिल

कोरोना संक्रमित भगाएको भन्दै जगदम्बा स्टिलमा शिल

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा रहेको जगदम्बा स्टिल प्रालिको उद्योगमा शिल गरेको छ ।

उद्योगमा कार्यरत ११ जना कोरोना संक्रमित कामदार मध्ये ६ जना संक्रमितलाई सम्पर्क बिहिन बनाएको प्रशासनले बताएको छ ।

साउन २५ गते आईतबार जगदम्बार स्टिल प्रालिले उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारीको स्वाब संकलन गरि परीक्षण गरिएको थियो । ती मध्ये ११ जनामा कोरोना देखिएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले उद्योगमा कार्यारत ११ जना संक्रमित मध्ये पाँच जना सम्पर्कमा आएको र बाँकी छ जना सम्पर्कबिहिन रहेकाको खोजी भईरहेको बताए ।

उद्योग ३२ गते सम्मका लागि शिल गरिएको हो ।

जगदम्बा स्टिलका संचालक पवनबाबु गुप्ताले उद्योगले कुनै पनि कोरोना संक्रमितलाई सम्पर्क बिहिन नबनाएको दाबी गरेका छन् ।

भागेका संक्रमित मध्ये ५ जना भारत आफ्नो घरतिर गएकाले सम्पर्कमा आउन नसकेको बताईएको छ ।

यस्तै एक जना सप्तरीको राजविराजको भएको र उनी पनि घर गएको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij