काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५ सय ५९ पुगेको छ। ती मध्य काठमाडौंमा १२ सय ७८, ललितपुरमा १सय ९१ र भक्तपुरमा १ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij