
काठमाडौं । धादिङमा निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको बैठकले गएरातिदेखि लागू हुने गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए ।
बैठकले अत्यावश्यकबाहेकका सबै यातायात पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।
कोरोना सङ्क्रमणबाट धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएसँगै सङक्रमण स्थानीय स्तरमा फैलिएको भन्दै धादिङमा निषेधाज्ञा जारी गरीएको हो ।
निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij