२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्टोन कार्भिङको लागि कच्चा पदार्थ नै मुख्य समस्या

स्टोन कार्भिङको लागि कच्चा पदार्थ नै मुख्य समस्या


चन्द्रश्याम डंगोल (कलाकार)
सञ्चालक, खोकना स्टोन कार्भिङ)

को हुन् चन्द्रश्याम डंगोल ?
कलापारखी चन्द्र श्याम डंगोल मुर्तिकारको रुपमा चिरपरिचित नाम हो । विगत २७ बर्षदेखि स्टोन कार्भिङ (ढुङ्गाबाट मुर्ति निर्माण) क्षेत्रमा संलग्न रहँदै आएका उनी मुख्यतः मुर्तिकारको रुपमा चर्चित छन् । कामलाई नै प्यासन बनाएका उनी आफू संलग्न पेशामा रहेर काम गर्नुमा औधी रमाइलो मान्छन् । विगत लामो समयदेखि सृजना कलेज अफ फाइन आर्टमा आबद्ध रहेर नेपाली मूर्तिकलाको बारेमा ज्ञान बाँडिरहेका डंगोल आफंैले पनि ललितकला क्याम्पसबाट मूर्तिकला शिक्षामा स्नाकोत्तर गरेका छन् । तर लामो समय यस क्षेत्रको नजिक रहेर काम गर्ने क्रममा उनले पाएका छन् कि नेपालमा अझै पनि युवा पुस्ताका व्यक्तिहरु कला क्षेत्रमा संलग्न रही ज्ञान हासिल गर्न त्यत्ति चासो राख्दैनन् । तैपनि आफूले सिकेको सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नसके समाजमा आफूले केही गर्न सकेको महसुस हुने डंगोल बताउँछन् । नेपाली कला क्षेत्रले विश्वबजारमा नेपाललाई चिनाउन ठूलो भूमिका खेलेको भन्दै उनले यसको थप प्रवद्र्धन गर्न राज्यको सहयोग समेत आवश्यक रहेको बताउँछन् ।

कला क्षेत्रमा डंगोलको प्रवेशः

ललितपुरको भैंसीपाटी नजिकै पर्ने खोकना क्षेत्रमा रहेर मुर्तिकलामा संलग्न उनी आफ्नो बुबाको प्रेरणाकै कारण यस क्षेत्रमा जोडिन पुगेका हुन् । चन्द्रश्याम डंगोल सानैदेखि नै मूर्तिकलामा जोडिएका व्यक्ति हुन् । उनका बुबा कृष्ण डंगोल पनि धातुका मूर्तिहरु बनाउनुहुन्थ्यो ।
हुनतः खोकना क्षेत्र मुख्यतः तेल उत्पादन र कृषि कार्यमा नै चर्चित क्षेत्र हो । तैपनि धातु कला क्षेत्रमा संलग्न हुनुभएका उहाँले करिब ५ बर्ष यस क्षेत्रमा रहेर काम गर्नुभयो । पछि उहाँलाई आफ्नो घरायशी जिम्मेवारीको कारण मूर्तिकलाबाट अलग्गिनुप¥यो । तैपनि बुबा चाहनुहुन्थ्यो कि आफ्नो छोरा पनि आफु संलग्न रहेको मुर्तिकला क्षेत्रमा संलग्न भइ राम्रो प्रतिष्ठा कमाउन सकोस् ।

चोभारमा ३३ फूट अग्लो मन्जुश्रीको मूर्ति बनाएर उनले चौतर्फि प्रशंसा कमाए । करिब ७ बर्ष लामो कठिन साधनाबाट उक्त मुर्ति पूरा भयो । जुन मुर्ति बनाउन आठ जना कालिगढ निकै सक्रियतापूर्वक खटिएका थिए । जुन मुर्ति स्थापना कार्य सम्पन्न भएपश्चात् उनलाई निकै नै खुसी र सन्तुष्टि मिल्यो ।

शुरुको अनुभवः
आफू कला क्षेत्रमा जोडिने शुरुका दिनमा डंगोलले नेपाली कला क्षेत्रलाई बुझ्न सकेका थिएनन् । औपचारिक अध्ययन समेत विस्तारै यसै क्षेत्रमा नै गर्दै जाने क्रममा विस्तारै उनी कला क्षेत्रमा पनि गहिरिँदै गए । डुब्दै गए । विश्व मानचित्रमा नेपालको अवस्था र आगामी सम्भावना बारे समेत जानकारी पाइसकेपछि उनी यस क्षेत्रको थप अध्ययनमा लागे । सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हासिल गरेका कारण उनले यस क्षेत्रको गरिमालाई राम्ररी बुझेका छन् ।

बुवाको चाहना अनुसार नै मुर्तिकला अध्ययनमा लागेका उनले यसैबारे पढ्दै गएपछि आफूमा यस पेशाप्रति विशेष लगाव र सम्मन जागेको बताउँछन् । बुवाकै प्रेरणाबाट ढुंगाको मूर्ति बनाउने काममा जोडिएका उनी आफ्नो पेशाप्रति गर्व गर्दछन् । विगत २७ बर्षदेखि यो पेशामा आबद्ध डंगोलले बनाएका मूर्तिले हाल स्वदेश एवं विदेशमा निकै चर्चा पाएका छन् ।

खुसीको क्षणः
पछिल्लो समय चोभारमा ३३ फूट अग्लो मन्जुश्रीको मूर्ति बनाएर उनले चौतर्फि प्रशंसा कमाए । करिब ७ बर्ष लामो कठिन साधनाबाट उक्त मुर्ति पूरा भयो । जुन मुर्ति बनाउन आठ जना कालिगढ निकै सक्रियतापूर्वक खटिएका थिए । जुन मुर्ति स्थापना कार्य सम्पन्न भएपश्चात् उनलाई निकै नै खुसी र सन्तुष्टि मिल्यो ।

समस्या बनेको कच्चा पदार्थः
व्यवसायी डंगोलका अनुसार हाल सम्म स्टोन कार्भिङमा कच्चा पदार्थ ठूलो समस्याको रुपमा रहँदै आएको छ । उनी आफूले कच्चा पदार्थमा भोग्दै आएको पीडा व्यक्त र राज्यको चासो जान नसकेको कुरा यसरी व्यक्त गर्छन् ‘स्टोन कार्भिङ क्षेत्रको लागि सबैभन्दा ठूलो समस्या भनेको कच्चा पदार्थ हो । यस क्षेत्रको सम्भावना निकै राम्रो हुँदाहुँदै पनि थप प्रवद्र्धनको लागि यस तर्फ नेपाल सरकारको ध्यान जान सकेको छैन । अहिले सम्म मुर्ति बनाउन उपयुक्त ढुङ्गाको अभाव हामीले सामना गर्दै आएका छौं । म यस क्षेत्रमा संलग्न भएदेखि नै कच्चा पदार्थको समस्या बारे जानकारी गराई यसको सहज उपलब्धताको लागि राज्यलाई आग्रह गर्दै आइरहेको छु । तर अहिले सम्म पनि यो समस्या समाधान हुन सकेको छैन । राज्यले हाम्रो पीडालाई सम्बोधन गर्न नसक्दा निकै दुख लाग्छ ।’

नेपालमा नेपाली कलाको थप विकास र प्रवद्र्धन गर्ने हो भने विद्यालय स्तरबाट नै नेपाली कला सम्बन्धी अध्ययन अध्यापन हुनुपर्ने डंगोलको धारणा छ । यसले मात्र नेपाली कला र संस्कृति के हो ? र यसको महत्व के छ भन्ने कुरा नयाँ पुस्ताका भाइबहिनीले बुझ्न सक्छन् ।

स्वदेशी कला अध्ययनमा डंगोलको जोडः
नेपाली क्याम्पसमा नेपाल कलामा धनी देश हुँदाहुँदै पनि बाह्य मुलुकको कला अध्ययन गर्नुपर्ने बाध्यता थियो । यस कुराले डंगोललाई सन्तुष्टि मिलेन । निरन्तर सरोकारवाला निकायहरुलाई दवाव दिइरहँदा अहिले सन् २०१७ बाट भने स्वदेशी कला समेत शैक्षिक कार्यक्रममा समेटिने व्यवस्था मिलाइएको छ ।

कसरी व्यवस्थापन गर्छन् त कच्चा पदार्थ ?
स्मरण रहोस्, डंगोल परम्परागत सिंगल स्टोन वा इन्टरलक शैलीमा मूर्ति निर्माण गर्ने व्यक्ति हुन् । नेपालमा यसरी एउटै ढुङ्गाबाट मुर्ति निर्माण गर्नको लागि आवश्यक पर्ने गुणस्तरीय कच्चा पदार्थको कमी छ । आफूलाई मुर्ति निर्माणको लागि आवश्यक पर्ने गुणस्तरीय ढुङ्गा दक्षिणकालीको खार्पा, हात्तिवन, मच्चेगाउँ लगायतमा उपलब्ध रहेपनि त्यहाँबाट ढुङ्गा ल्याउन सकिएको छैन । जसले गर्दा आफूले काभ्रेका पनौती, धुलिखेल लगायतका क्षेत्रबाट ढुंगा ल्याउने गरेका छन् । उनी ढुंगाको सहज उपलब्धता हुने वातावरण सरकारले बनाएमा यसमा आबद्ध हुने कलाकारको संख्या थप बढ्न सक्ने कुरामा विश्वस्त छन् ।

नेपाल हस्तकला महासंघमा कार्यसमितिमा आबद्ध रहेर काम गरिसकेका डंगोल आफैंले नेपाली मूर्तिकला सम्बन्धी पाठ्यक्रम तयार गरेका छन् । साथै आफ्नो संस्था (खोकना स्टोन कार्भिङ)बाट नेपाल सरकारले समय–समयमा ल्याउने भोकेसनल टे«निङहरु पनि सञ्चालन गर्दै आएका छन् । यद्यपि नेपाली कलालाई राज्य चिन्न नसकेको बताउँदै आफ्नो आक्रोश यसरी पोख्छन्, ‘नेपाल कलामा धनी देश हो । नेपाली कलालाई विश्वले चिनिसकेको छ तर हामी आफैंले भने आफ्नै कलालाई किन चिन्दैनौं । यसको गहिराईमा पुगेर अध्ययन गर्नुपर्छ भन्ने सोचका साथ म आफैले मेरै सक्रियतामा मूर्तिकलाको पाठ्यक्रम समेत तयार पारे र अहिले यो पाठ्यक्रम फाइन आर्टका विद्यार्थीहरुले पढिरहेका छन् ।’

नेपाली कलाको प्रवद्र्धन गर्न यसो गर्नुपर्छः
नेपालमा नेपाली कलाको थप विकास र प्रवद्र्धन गर्ने हो भने विद्यालय स्तरबाट नै नेपाली कला सम्बन्धी अध्ययन अध्यापन हुनुपर्ने डंगोलको धारणा छ । यसले मात्र नेपाली कला र संस्कृति के हो ? र यसको महत्व के छ भन्ने कुरा नयाँ पुस्ताका भाइबहिनीले बुझ्न सक्छन् । साथै यसलाई रुचीको विषयको रुपमा अगाडी बढाउन सक्छन् ।

बाह्य मुलुकमा नेपाली कलाको प्रचार कार्यमा डंगोल सक्रियः
नेपाली मूर्तिकला सम्बन्धी प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष करिब २÷३ महिना डंगोल चीनमा गई अध्यापन गर्दै आएका छन् । नेपाली कलाप्रति चिनियाँ लगायतका विदेशीको विशेष चासो र सम्मान रहेको उनले पाएका छन् । नेपाली कलाकारलाई विदेशीले धेरै माया र सम्मान दिने उनको आफ्नै अनुभव छ ।

तुरुन्तै आर्थिक लाभ नहुने क्षेत्रः
आफूले निर्माण गरेका मूर्तिहरु चीन, भुटान, क्यानडा, श्रीलङ्का लगायतका थुप्रै देशहरुमा निर्यात गरेका डंगोल पेशामा सबैभन्दा पहिले सीप सिक्ने कार्य महत्वपूर्ण रहेको बताउँछन् । तर अहिलेका युवा पुस्ताहरु भने सीपलाई भन्दा पनि छिट्टै पैसा कमाउनुपर्नेमा बढी चासो राख्छन् । यसैकारण पनि अहिलेका युवा पुस्तामा मुर्तिकला प्राथमिकतामा नपरेको हुन सक्ने डंगोलको तर्क छ । उनी भन्छन् – ‘अहिले तत्काल काम गरेर तुरुन्तै पैसा कमाउन सकिने क्षेत्र यो होइन । मूर्तिकला क्षेत्रमा साधारण ज्ञान हासिल गर्नको लागि पनि ६ महिना देखि १ बर्ष त लाग्छ नै । साथै एउटा राम्रो मूर्ति तयार गर्न ४ देखि ५ बर्ष समय लाग्छ । यस क्षेत्रबाट राम्रो लाभ लिन पनि सकिन्छ । तर धैर्यता निकै महत्वपूर्ण रहन्छ । अहिलेका युवाहरुमा त्यति धैर्यता छैन । त्यसैले एकदमै कम युवाहरु मात्र यो पेशामा आवद्ध हुने गरेका छन् । जसलाई यसबारे ज्ञान हासिल गर्न र यही पेशामा नै केही गर्छु भन्ने लगाव हुन्छ, उनीहरु मात्र यस क्षेत्रमा आकर्षित हुने गरेका छन् ।’

अन्त्यमाः
मुर्तिकला क्षेत्रमा सबै व्यवसायीहरुले वैधानिक तवरले मात्र काम गरिरहेका छैनन् । असंगठित रुपमा घरायसी तवरले बिना दर्ता काम गर्नेहरुको पनि ठूलो सञ्जाल छ । यो पेशामा हाल सम्म जम्मा २० वटा उद्योग मात्र दर्ता भइ काम गरिरहेका छन् । घरमा नै दुई तीन जना मिलेर आफ्नो व्यवसाय गर्नेको संख्या दर्ता गरेर चलाउनेको भन्दा बढी रहेको छ । यो पेशामा डंगोलले हाल बार्षिक करिब ४०÷५० लाखको आर्थिक कारोबार गर्दै आएका छन् ।

नेपालमा मूर्तिकलाको भविष्य सुनौलो रहेको बताउने डंगोल यसका लागि सरकारी स्तरबाट समयानुकुल उचित नीतिगत व्यवस्था हुनुपर्ने बताउँछन् । युवा पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न र यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई सहयोग पु-याउन राज्य थप जिम्मेवार भई काम गर्नुपर्ने उनको ठहर छ । कला क्षेत्रलाई उपेक्षित भावले हेर्नु भन्दा यस बारेमा विद्यार्थीहरुलाई विद्यालय स्तरबाट नै ज्ञान दिन सकेमा यो क्षेत्र राम्रो तवरले फस्टाउन सक्ने डंगोलले देखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij