काठमाडौं । पाल्पाको भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
पाल्पाको निस्दी गाउँपालिकामा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुदाँ निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनाका घाइते मध्य निस्दी ५ पटाकसरकी ३७ वर्षीया सुमित्रा सारु र ३६ वर्षीया शेरमति सारूको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij