
काठमाडौं । रुसले कोरोना भाइरस बिरुद्दको खोप पत्ता लगाएको घोषणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप दर्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घोषणा गरेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गरेका छन् ।
उक्त खोपले शरीरमा कोरोना भाइरस बिरुद्द रोग प्रतिरोधात्मक क्षमता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको पुटिनले बताए । पुटिनका अनुसार पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा रहेका वर्गलाई दिईने छ ।
भ्याक्सिनलाई मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको थियो । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।
#BREAKING Putin says daughter inoculated with new Russian coronavirus vaccine pic.twitter.com/tGA9E81BmU
— AFP News Agency (@AFP) August 11, 2020
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij