
काठमाडौं । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ थिए । क्षयरोग र निमोनियाको समस्याबाट ग्रसित रहेका उनको ट्राभल हिस्ट्री भने नखुलेको अस्पतालको भनाई छ ।
उनको शव सेनाले व्यवस्थापन गर्नेछ । यो सहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij