२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भदौ १५ सम्म लामो दुरीका यातायात र हवाई उडान बन्द

भदौ १५ सम्म लामो दुरीका यातायात र हवाई उडान बन्द

काठमाडौं । सरकारले लामो दुरीका यातायात र हवाई उडान आउँदो भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको छ ।

बैठकले भदौ १६ गतेदेखि लामो दुरीका यातायात र हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै गरी सञ्चालनमा आएका कलकारखाना, उद्योगका मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij