
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्त्ता डा। जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी कोहलपुर नगरपालिका—२ का ७० वर्षीय महिला, पर्साको देवयानी—१५ का ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij