२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना संक्रमणका कारण थप एकको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

कोरोना संक्रमणका कारण थप एकको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

वीरगञ्ज । कोरोना संक्रमणका कारण नेपालमा थप एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षकी महिलाको मृत्यु भएको हो।

उनको आइतबार उपचारको क्रममा मृत्यु भएको थियो । नारायणी अस्पतालमा गरिएको परिक्षणमा मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत बिरामी रहेकी ती महिलाको अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारको लागि अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij