२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना भगाउँछु भन्ने ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ प्रमुखको कोरोनाले नै लियो ज्यान

कोरोना भगाउँछु भन्ने ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ प्रमुखको कोरोनाले नै लियो ज्यान

काठमाडौं । पोखरामा कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिमात्र घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको धर्म प्रवर्तक एक व्यक्तिको मृत्यु भएको छ ।

आफूलाई प्रभूले कोरोना भगाउने शक्ति दिएको घमण्ड गर्दै आएको ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ लामाचौर शाखाका प्रमुखको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

रहेका उनले आफूसँग कोरोना भगाउने तागत भएको बताउने गरेको स्थानीयहरु बताउँछन् ।

मसँग कोरोना भगाउने तागत छ भन्दै लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्दै आएको स्थानियको दाबी रहेको छ ।

उनको परिवारका सदस्यहरु हङकङमा छन् । तर उनी सच्चाई प्रवर्तक भएकै कारण पोखरामा बस्दै आएका थिए । उनको ज्यान कोरोनाले लिएपछि सन्त्रास फैलियोको छ । उनले दैनिक मानिसको भेला गर्दै आएका थिए ।

रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij