
काठमाडैं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ ।
उपत्यकका जिल्ला प्रशासन कार्यालयले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्नको लागि दुई हप्ताको लागि अत्यावश्यक बाहेकका कार्यालय बन्द हुने भएको हो ।
लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिस बढेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संभावना उच्च रहेको छ । संक्रमणको जोखिम बढ्दैं गएपछि शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
साथै बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि बैंठकले निर्णय गरेको छ ।
त्यसै गरी उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ ।अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ ।
नियमित सञ्चालन रहेन सेवा
– अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएपनि उक्त समयमा शान्ति सुरक्षा सम्बन्धि सेवा खुल्ला रहने छ ।
– ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा ।
– मुद्धा सम्बन्धी कार्य ।
– आवश्यक कामको लागि सवारी पास ।
– विपद् व्यवस्थापन सम्बन्धी कार्य ख्ल्ला हुनेछ ।
बन्द हुने सेवाहरु
– नयाँ नेपाली नागरिकतारनागरिताको प्रतिलिपी वितरण
– हतियार दर्ता नविकरण
– संघसंस्था दर्तारपत्रपत्रिका दर्ताका साथै नवीकरण
– निजी सुरक्षा कम्पनी नविकरण
– राहादानी वितरण
– नावालिक परिचयपत्र वितरण
– अन्य अवश्यक नभएका सेवाहरु
  sieh es hier;
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij